अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेसँग वार्ता गर्न जसपाले बनायो दुई सदस्यीय वार्ता टोली

एमालेसँग वार्ता गर्न जसपाले बनायो दुई सदस्यीय वार्ता टोली


काठमाडौं- जनता समाजवादी पार्टीले नयाँ सरकार गठनका विषयमा नेकपा एमालेसँग वार्ता गर्ने भएको छ । वार्ताका लागि जसपाले दुई सदस्यीय समिति गठनसमेत गरेको छ ।

वार्ता टोलीमा नेताहरू लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल रहेका छन् ।

नेकपा एमालेले भने नेता सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई रहेको कार्यदल गठन गरेको छ ।

आइतबार सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरणलाई मान्यता नदिएपछि अब संसदमा दुवै दल पूर्व दलको हैसियतमै क्रियाशील हुने छन् ।