अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश नम्बर २ का प्रदेश प्रमुखले फिर्ता गरिदिनुभयो दुई विधेयक

प्रदेश नम्बर २ का प्रदेश प्रमुखले फिर्ता गरिदिनुभयो दुई विधेयक


काठमाडौं– प्रदेश नम्बर २ का प्रदेश प्रमुख राजेश झाले दुई वटा विधेयक सुझावसहित फिर्ता पठाउनुभएको छ ।

प्रदेशसभाबाट पारित स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता गर्नुभएको हो । विधेयक प्रमाणीकरणका लागि प्रोटोकल नमिलाई प्रदेश प्रमुखको कार्यालयमा पठाइएको थियो।

प्रदेश प्रमुख झाले विधेयकमा स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने कयौं विषयवस्तु छुटेको भन्दै फिर्ता पठाउनुभएको हो । विधेयकमा मातृत्व सुरक्षा लगायतका महत्वपूर्ण विषयहरू नसमेटिएकोले सो विधेयक फिर्ता पठाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

प्रदेश प्रमुख झाले प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समेत फिर्ता पठाइएको छ । विधेयकमा गैरमधेसी व्यक्तिलाई उपेक्षा गर्दै सीमित दायरामा समेटिएकाले उहाँले फिर्ता गर्नुभएको हो ।