अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको पुरानै संगठन बौरिंदै, महासचिव पोखरेल मधेस दौडाहामा

एमालेको पुरानै संगठन बौरिंदै, महासचिव पोखरेल मधेस दौडाहामा


काठमाडौं– नेकपा एमालेले मधेसबाट पुरानो संगठन ब्यूँताएको छ ।

महासचिव ईश्वर पोखरेलले मधेसबाट एमालेको संगठन संरचना व्यवस्थित बनाउने र पुनर्निर्माणको काम सुरु गर्नुभएको छ । उपप्रधानमन्त्रीसमेत रहनुभएका पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले दुई दिन पोखरेलले मधेसका विभिन्न जिल्लाको भ्रमण, पार्टी भेटघाटलगायतलाई प्राथमिकता दिनुभएको छ ।

सर्वोच्च अदालतले नेकपा एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्र ब्यूताँएपछि पोखरेल महासचिवको हैसियमा पहिलोपटक सांगठनिक काममा निस्कनुभएको हो ।

बिहीबार बिहान पोखरेल रौतहटको मौलापुरमा सहरी विकास मन्त्री प्रभू साहसँगै महायज्ञ कार्यक्रममा सहभागी हुनुभएको छ । केसीले महासचिव पोखरेलले अबका दिनमा संगठनलाई व्यवस्थित र क्रियाशील बनाउनेमा केन्द्रित रहनुहुने भएको छ ।

बुधबार मधेस प्रवेश गर्नुभएका पोखरेल साँझ नै काठमाडौं फर्कने कार्यक्रम छ ।