अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै जसपा नेताहरू

प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै जसपा नेताहरू


काठमाडौं- नेकपा एमालेसँग सत्ता सहकार्यका लागि इच्छुक रहेको जनता समावादी पार्टीका नेताहरूले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही बेरमा भेट गर्ने भएका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार आज अपरान्ह साढे ५ बजे प्रधानमन्त्री भेट्न जसका नेताहरू बालुवाटार जाँदैछन् ।

जसपाका नेताहरू महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतो र अशोक राई बालुवाटार जानुहुने भएको हो ।

प्धानमन्त्रीसँग भेट्न जानुअघि जसपाका शीर्ष नेताहरूले आज विहान आन्तरिक छलफल गरेका थिए ।

स्रोतकाअनुसार आजको भेटघाटमा जसपाले सरकारलाई समर्थन दिने र सरकारमा केही मन्त्री सहभागी हुने सहमति हुने सम्भावना छ ।