अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पारस र अरियो चम्किँदा आर्मीविरुद्ध बागमतीको रोमाञ्चक जित

पारस र अरियो चम्किँदा आर्मीविरुद्ध बागमतीको रोमाञ्चक जित


काठमाडौं- काठमाडौंमा जारी मेयर्स कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबविरुद्ध बागमती प्रदेश १० रनले विजयी भएको छ ।

आर्मीलाई हराए पनि बागमती फाइनल पुग्न असफल भयो । उसले चार म्याच खेल्दा दुइमा जित र दुई खेलमा हारको सामना गर्‍यो ।

आजको हारसँगै आर्मी पनि प्रतियोगिताबाट बाहिरिएको छ । बागमतीले चार खेलमध्ये एक म्याचमा मात्र जित हात पार्न सफल भयो ।

अन्तिम तथा चौथो खेलमा बागमतीले दिएको २ सय ६७ रनको लक्ष्य पछ्याएको आर्मीले ४७.१ ओभरमा सबै विकेट गुमाएर २ सय ५६ रन मात्र बनाउन सक्यो ।

उसका लागि विनोद भण्डारीले शतकीय पारी खेले पनि टिमलाई जित दिलाउन सक्नु भएन । उहाँले ११४ बलमा सात छक्का र आठ चौकासहित १ सय १४ रन बनाउनुभयो ।

त्यस्तै, लोकेश बम ४६, करण केसी २४ र रोहितकुमार पौडेल १५ रनमा आउट हुनुभयो । बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सक्नु भएन ।

बलिङमा अरियो पौडेलले सर्वाधिक पाँच विकेट लिनुभयो । उहाँले ८.१ ओभरमा ४६ रन दिएर पाँच विकेट लिनु भएको हो ।

त्यस्तै, राम नरेश गिरीले दुई, नन्दन यादव, सोनु देवकोटा र पारस खड्काले एक/एक विकेट हात पार्नुभयो ।

त्यसअघि, कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको मौका पाएको बागमतीले ४९.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २ सय ६६ रन बनायो ।

उसका लागि पारस खड्काले शतकीय पारी खेल्नुभयो । उहाँले १३३ बलमा ११ चौका र दुई छक्कासहित ११९ रन बनाउनुभयो ।

त्यस्तै, नन्दन यादवले अविजित ४२, इशान पाण्डेले २६, आदिल खानले २१ र पृथु बास्कोटाले १२ रनको योगदान दिनुभयो ।

बलिङमा सोमपाल कामीले १० ओभरमा ६५ रन दिएर पाँच विकेट लिनुभयो । त्यस्तै, करण केसी, साहब आमल, जितेन्द्र मुखिया र बिक्रम सोबले एकरएक हात पार्नुभयो ।