अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरमा भएको दुर्घटनामा ३ जनाको मृत्यु

मकवानपुरमा भएको दुर्घटनामा ३ जनाको मृत्यु


काठमाडौं– मकवानपुरको मनहरी- ६ सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।

शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिशाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक एकआपसमा ठोक्किएका थिए ।

दुर्घटनामा बसका चालक वीरगञ्ज महानगरपालिका(१५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५र४० वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।