अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हिजोको जसरी एमाले चल्दैन, अब पार्टी फर्ममा चल्छ : मन्त्री ढकाल

हिजोको जसरी एमाले चल्दैन, अब पार्टी फर्ममा चल्छ : मन्त्री ढकाल


सुर्खेत- नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं संस्कृति, नागरिक उड्डयन र पर्यटन मन्त्री भानुभक्त ढकालले विगतमा जसरी अब एमाले नचल्ने बताउनुभएको छ ।

शनिबार वीरेन्द्रनगरमा एमालेका अगुवा नेता-कार्यकर्ता भेलामा बोल्दै मन्त्री ढकालले एमालेमा रहने हो भने अनुशासनमा बस्नुपर्ने बताउनुभयो ।

‘हिजोको जसरी एमाले चल्दैन । अब पार्टी फर्ममा चल्छ । म यो गर्न दिन्नँ भनेर भन्न दिइने अवस्था छैन,’ उहाँले भन्नुभयो ।

त्यस्तै, मन्त्री ढकालले चैत ७ गतेको केन्द्रीय कमिटी बैठकमा सबैलाई बोलाइएको बताउनुभयो ।

‘एमाले च्यूत भएका, मनमा एमाले भएका र सर्वोच्च अदालतले एमाले बनाइदिएका सबैलाई बोलाएका छौँ । उहाँहरू पनि चैत ७ गतेको बैठकमा भाग लिन आउनुहुन्छ भन्ने आशा राखेका छौँ,’ उहाँले भन्नुभयो ।