अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिरहाको मालपोत कार्यालयमा बम विष्फोट

सिरहाको मालपोत कार्यालयमा बम विष्फोट


सिरहा- लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । विष्फोटमा परी तीन जना घाइते भएका छन् । विष्फोटमा परेर नायव सुब्बा शिवकुमार यादव गम्भीर घाइते हुनु भएकाे छ ।

अरू दुई जना सामान्य घाइते छन् । बम विष्फोट आइतबार दिउँसो करिब पौने १ बजेतिर भएको हो ।

विष्फोटपछि भएको आगलागीका कारण कार्यालयका कागजातसमेत जलेका छन् । विष्फोट भएको बम कुकर बम हुनसक्ने प्रहरीको अनुमान छ ।