अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बरु मलाई कारवाही गरेको बिर्सिदिउँला…

बरु मलाई कारवाही गरेको बिर्सिदिउँला…


कमरेडहरू, कठोरताको पराकाष्ठाको रूप कस्तो हुँदो रहेछ देखियो । सरकारको दुई वर्षको कार्यकालपछि देखियो निर्मम दृश्यहरू । सरकारले गरेको राम्रो काम बारे प्रचार गर्नको साटो कमजोरीहरू खोज्दै हिँड्ने, मिडियामा दौडेर गएर अन्तर्वार्ता दिने, नभएको मिथ्या आरोप लगाउने सायद प्रतिपक्षले पनि त्यति धेरै गरेन होला । जसले सरकारका राम्रो कामबारे लेख्छ र बोल्छ उनीहरूलाई हाम्रै कमरेडहरूबाट हतोत्साही बनाउने काम भयो । त्यो पीडा खेप्ने मध्यको म एक हो ।

प्रचण्डले आज पनि एमाले फुटाउन उत्तेजित बनाउने गरेर जे गर्दै हुनुहुन्छ र जस्तो अभिव्यक्ति दिँदै हुनुहुन्छ, अब बहकिन जरुरी छैन ।

मेरो कुनै स्वार्थ थिएन, पार्टीको सबल पक्षको प्रचार गर्ने, नेतृत्वको सबल पक्षको प्रचार गर्ने, सरकारको राम्रो कामको प्रचार गर्ने यो काम सबैले गरेको भए सबैको हित र आन्दोलनको जीत हुने थियो । हो मैले त्यही गरें, आज मात्रै होइन हिजो माधव नेपाल र झलनाथ खनालले नेतृत्व गर्दा पनि यसैगरी साथ दिएको हो ।

कमरेडहरू, सबैका सामु छर्लङ्ग भएको कुरा अब धेरै नकोट्याउँ । पार्टी एकीकरणपछि तीन वर्ष संगठन चलेन । भक्तपुर, धरान र चितवनको प्रदेश र स्थानीय तहको उपनिर्वाचनको परिणामले बतायो की एकताले फाइदा होइन नोक्सान गर्‍यो । कमरेड प्रचण्डको असली प्रवृत्ति सच्चिएन ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी हुन आउनुहोस् हाम्रा बीचमा हार्दिकता बढाएर जाउँ । चैत ७ गतेको बैठकमा आउनुहोस् सबै समस्यालाई विधिसम्मत हल गरौँ र एकताबद्ध एमाले बनाऔँ ।

हाम्रा आदरणीय नेताहरूसमेत निर्ममता पूर्वक सरकार र पार्टी अध्यक्षका विरुद्ध उभिनु भयो । त्यति मात्रै होइन पार्टीका अध्यक्षलाई साधारण सदस्यबाट निश्कासन गर्न पनि पछि पर्नु भएन । यी सबै तिता कुरा छोडौं । मलाईसमेत कारवाही गरेको पनि बिर्सिदिउँला । आज हामी सबै एमाले भएका छौं । प्रसव पीडाबाट मुक्त भएको अनुभूति भएको छ । अब कमरेडहरू प्रचण्डले आज पनि एमाले फुटाउन उत्तेजित बनाउने गरेर जे गर्दै हुनुहुन्छ र जस्तो अभिव्यक्ति दिँदै हुनुहुन्छ, अब बहकिन जरुरी छैन ।

आज कमरेड केपी ओली र माधवकुमार नेपाल दुई पक्षीय नेता कमरेडहरूको बीचमा वार्ता हुनु अत्यन्तै सकारात्मक कुरा हो । यसले सकारात्मक सन्देश पनि दिएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्षले बोलाएको चियापानमा सहभागी हुन आउनुहोस् हाम्रा बीचमा हार्दिकता बढाएर जाउँ । चैत्र ७ गतेको बैठकमा आउनुहोस् सबै समस्यालाई विधिसम्मत हल गरौँ र एकताबद्ध एमाले बनाऔँ ।

माओवादी केन्द्रका साथीहरू जो जालझेल र षड्यन्त्रबाट मुक्त भइ कम्युनिस्ट आन्दोलनको मुलधारमा रहन चाहनुहुन्छ, उहाँहरूलाई सम्मानजनक तरिकाले सँगै बस्न आव्हान गरौँ । अहिले कमरेड केपी ओलीकै नेतृत्वमा वैचारिक रूपले सहमत भएर रहनुहुने कमरेडहरूलाई उपयुक्त जिम्मेवारी दिइएको कुरामा सबै सकारात्मक बनौँ । विस्तारै सबै कुरा मिल्दै जानेछ । सल्लाह हुँदै जाँदा जिम्मेवारीको विषय पनि मिल्दै जानेछ । संयम बनौं, फेरि अधैर्य नबनौँ ।