अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सगरमाथा आरोहण गर्न नेपाल आउँदै बहराइन राजपरिवारको टोली

सगरमाथा आरोहण गर्न नेपाल आउँदै बहराइन राजपरिवारको टोली


काठमाडौं- सर्वोच्च शिखर सगरमाथा आरोहणको लागि बहराइन राजपरिवारका एक सदस्यसहित १६ जनाको टोली दोश्रो पटक नेपाल आउँदैछ ।

बहराइनस्थित नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी गर्दै सो टोली आज बहराइनबाट नेपालका लागि उडिसकेको छ । उक्त कुराको जानकारी बहराइनस्थित नेपाली राजदूतावासले गराएको हो ।

उक्त आरोहण टोली आज नेपाली समयअनुसार १२ बजे बहराइनबाट नेपाल प्रस्थान गरेको हो । टोलीका सदस्य रोयल गार्ड डिफेन्स फोर्समा कार्यरत १३ जना तथा तीन जना बेलायती नागरिक छन् । सो टोली ८० दिन नेपालमा रहने दूतावासले जानकारी दिएको छ ।

टोलीले गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित समागाउँका लागि कोरोना भाइरसविरुद्वको २ हजार डोज खोप सहयोगस्वरुप प्रदान गर्न कार्यक्रम छ । बहराइनका लागि नेपाली राजदूत पदम सुन्दास, नियोगका द्वितीय सचिव अरुणा घिसिङ लगायत राजदूतावास परिवारले प्रस्तानपूर्व सो टोलीलाई पर्वतारोहणमा सफलताको शुभकामना दिनुभयो ।

सो टोलीले सन् २०२० को अक्टोबरमा मनास्लु हिमाल र लोबुचे हिमाल सफलतापूर्वक आरोहण सम्पन्न गरेको थियो ।