अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सन्ध्या तिवारी नेतृत्वको पार्टीको नाम जजपा

सन्ध्या तिवारी नेतृत्वको पार्टीको नाम जजपा


काठमाडौं- आफ्नो नेतृत्वको नेकपा एमालेको नाम परिवर्तन गर्न सन्ध्या तिवारीले निर्वाचन आयोगमा निवेदन दिनुभएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार तिवारीले नेकपा एमालेको नाम परिवर्तन गर्न सोमबार आयोगमा निवेदन दिनुभएको हो । पत्रअनुसार आयोगको बैठक बसेर नाम परिवर्तनको निर्णय गर्ने श्रेष्ठले बताउनुभयो ।

नेकपा नाम विवादमा सर्वोच्च अदालतको गत फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र साविकको अवस्थामा फर्किएपछि तिवारी नेतृत्वको पार्टीले नाम परिवर्तन गर्न निवेदन दिएको हो ।

आइतबार बसेको केन्द्रीय कमिटी बैठकले जनताको जनवाद पार्टी (जजपा) नेपाल राख्ने निर्णय गरेको र सोहीअनुसार नाम परिवर्तन गरिदिन आयोगमा दिएको निवेदनमा उल्लेख छ ।

तिवारीको पार्टीले परिवर्तित नाम जनताको जनवादी पार्टी (जजपा) राख्ने गरी निर्णय भएको सो पार्टीले जनाएको छ ।