अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको चियापान [फोटो फिचर]

प्रधानमन्त्रीको चियापान [फोटो फिचर]


काठमाडौं- प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आयोजनामा बालुवाटारमा चियापान समारोह भएको छ ।

चियापानमा प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, मन्त्रीहरु, सांसदहरु, पार्टीका केन्द्रीय सदस्य तथा नेताहरु सहभागी हुनुभएको छ । प्रधानमन्त्री ओलीले सबै केन्द्रीय सदस्यहरूलाई मंगलबार बालुवाटारमा चियापानका लागि बोलाउनुभएको थियो ।

प्रधानमन्त्रीले सोमबार वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि चियापानका लागि भेटेरै निम्तो दिनुभएको थियो । तर, उहाँ आउनुभएन । नेपाल पक्षका सांसदहरुको भने उपस्थिति थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्रप्रसाद भण्डारीका अनुसार नेकपा एमालेका २ सय ४१ जना केन्द्रीय सदस्यलाई एसएमएसमार्फत निमन्त्रणा गरिएको हो ।

प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको १२ औँ बैठकका सन्दर्भमा चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम आयोजना गर्नुभएको थियो ।

तस्बिरमा प्रधानमन्त्रीको चियापान कार्यक्रम