अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको चियापानमा माधव पक्षका सांसद पनि उपस्थित

प्रधानमन्त्रीको चियापानमा माधव पक्षका सांसद पनि उपस्थित


काठमाडौं- प्रधानमन्त्री तथा नकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार आयोजना गर्नुभएको चियापान कार्यक्रम बहिष्कार गरे पनि माधव नेपाल पक्षका केही नेता भने उपस्थित भएका छन् ।

चियापान कार्यक्रममा माधव पक्षमा खुलेका सांसदहरू गोपाल बम, नजमा खातुन, माया ज्ञवाली, समिना हुसेन, गंगा चौधरी ‘सत्गौवा’ र केन्द्रीय सदस्य केशवलाल श्रेष्ठ उपस्थित भएका हुन् ।

चियापानमा माधवकुमार नेपाल, झलनाथ खनाललगायत भने सहभागी हुनु भएन ।

प्रधानमन्त्री ओलीले सोमबार उहाँहरूलाई चियापानका लागि भेटेरै निम्तो दिनुभएको थियो ।

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव ईन्द्रप्रसाद भण्डारीका अनुसार नेकपा एमालेका २ सय ४१ जना केन्द्रीय सदस्यलाई एसएमएसमार्फत चियापानमा सहभागी हुन निमन्त्रणा गरिएको थियो ।