अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्वदलीय बैठकमा प्रचण्ड नरम

सर्वदलीय बैठकमा प्रचण्ड नरम


काठमाडौं- राष्ट्रति विद्यादेवी भण्डारीले आज आयोजना गर्नुभएको सर्वदलीय बैठकमा केही चर्काचर्की होला कि भन्ने धेरैको अनुमान थियो ।

किनकी संसद विघटन, पुन:स्थापना र पार्टी एकतापछि प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आमनेसामने भएको थिएन ।

सार्वजनिक समारोहमा प्रधानमन्त्रीप्रति आक्रोश पोख्ने गरेका प्रचण्ड आजको बैठकमा जानुहुन्छ कि जानुहुन्न भन्ने धेरैको चासो थियो ।

कतिपयले सञ्चारमाध्यमले प्रचण्ड जानुहुन्न भनेर समाचार पनि लेखेका थिए । तर, यो अनुमानलाई झुटा सावित गर्दै प्रचण्ड ठीक चार बजे शितल निवास प्रवेश गर्नुभयो ।

बैठकका सहभागीमध्ये सबभन्दा पहिले प्रचण्ड पुग्नुभएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रपतिका विरुद्ध पनि प्रचण्ड कडा रुपमा प्रस्तुत हुनुहुने हो कि भनेर अनुमान गरिएको थियो । तर सबैको अनुमानलाई प्रचण्डले गलत सावित गरिदिनुभयो ।

र, उहाँ बैठकमा एक्दमै सालिन र नरम ढंगले प्रष्तुत हुनुभएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रचण्ड थोरै बोल्नुभयो । समसामयिक विषयमा छलफल गरौँ भन्नुभयो । उहाँको कुरा नरम थियो ।’