अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुटगत भेलामा सहभागी नहुन एमालेको आग्रह (विज्ञप्तिसहित)

गुटगत भेलामा सहभागी नहुन एमालेको आग्रह (विज्ञप्तिसहित)


काठमाडौं- माधवकुमार नेपाल पक्षले नेकपा एमालेका नाममा आयोजना गर्न लागेको कथित भेलामा सहभागी नहुन नेकपा एमालेका महासचिव इश्वर पोखरेलले आग्रह गर्नु भएको छ ।

पोखरेलले मंगलबार साँझ एक विज्ञप्ति जारी गर्दै नेकपा एमालेको नाममा चैत ४ र ५ गते राष्ट्रिय भेला आयोजना गर्ने भनी प्रचारित सूचनाप्रति पार्टीको गम्भीर ध्यानकर्षण भएको उल्लेख छ ।

‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन, कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहिन गुटगत भेलामा सहभागी नहुन नेकपा एमाले सबै नेता कार्यकर्तालाई विशेष निर्देशन गर्दछ,’ विज्ञप्तिमा एललेख गरिएको छ, ‘अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियामवली बमोजिम हुने कुरा पनि स्पष्ट गरिन्छ ।’

विज्ञप्ति :