अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनुशासन आयोगका अध्यक्ष नै गुटभेलामा !

अनुशासन आयोगका अध्यक्ष नै गुटभेलामा !


काठमाडौं– नेकपा एमाले अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहरा नै गुटभेलामा सहभागी हुनुभएको छ ।

माधवकुमार नेपाल–झलनाथ खनाल समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा बोहरा सहभागी हुनुभएको हो । तत्कालिन एमालेमा अलग अलग भेला आयोजना गर्दा बोहराले नै कारबाहीको चेतावनी दिने गर्नुभएको थियो ।

पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले समूहगत भेलामा सहभागी हुनेलाई कारबाही गर्ने चेतावनी दिइरहेकाबेला अनुशासन आयोगका अध्यक्ष नै समूह भेलामा सहभागी हुनुभएको हो ।