अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘वी आर वीथ केपी ओली’ अभियानमा कर्णालीका मन्त्री र दुई सांसद पनि

‘वी आर वीथ केपी ओली’ अभियानमा कर्णालीका मन्त्री र दुई सांसद पनि


सुर्खेत- कर्णाली प्रदेशमा पनि ‘वी आर विथ केपी ओली’ अभियान सुरू भएको छ ।

अभियानअन्तर्गत प्रदेशका वन वातावरण तथा पर्यटन मन्त्री नन्दसिंह बुढा, जुम्लाका प्रदेश सांसद पदम रोकाया, सुर्खेतकी सांसद पद्मा खड्का प्रधानमन्त्री केपी ओलीको पक्षमा खुलेका छन् । मन्त्री बुढा संसद विघटनपछि ओलीको साथ छोडेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई साथ दिने बताउनुभएको थियो ।

नेकपा (एमाले)ले बुधबार कर्णाली प्रदेशमा संसदीय दलको बैठक आयोजना गरेको छ । बैठकको तयारीका लागि अहिले दलका नेता यामलाल कँडेलको निवासमा आन्तरिक छलफल भइरहको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार मन्त्री बुढा र सांसद रोकायाले त्यही बैठकमा सहभागी भएर आफूहरू केपी ओलीको पक्षलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

मन्त्री बुढाले नेपाली बहस डट कमसँग कुरा गर्दै भन्नुभयो, ‘म प्रधानमन्त्रीको पक्षमा नै थिएँ । कहिँ गएको थिइनँ । बदलिएको परिस्थितिमा अब अरु सांसदहरु सहित प्रधानमन्त्रीज्यूको पक्षमा हामी खुलेका छौं ।’