अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मकवानपुरगढीमा कोभिड अस्पताल सञ्चालनमा

मकवानपुरगढीमा कोभिड अस्पताल सञ्चालनमा


मकवानपुर- मकवानपुरगढी गाउँपालिकामा कोभिड अस्पताल सञ्चालनमा आएको छ । गाउँपालिकाले अस्पतालका लागि दक्ष चिकित्सकको व्यवस्था गरेपछि अस्पताल सञ्चालनमा आएको हो ।

मकवानपुरगढी-३ मक्राञ्चुलीमा गत असोज महिनाको दोस्रो सातामै कोभिड अस्पताल भवन निर्माण भए पनि चिकित्सकको अभावमा सञ्चालनमा आउन सकेको थिएन ।

हाल मकवानपुर गढी कोभिड-१९ सङ्क्रमणमुक्त भए पनि यससम्बन्धी समस्या देखिएमा अब स्थानीय तहमै सञ्चालित अस्पतालबाट सेवा प्रदान गरिने गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले बताउनुभयो । अहिले गाउँपालिकामा कोभिड विरुद्धको खोप कार्यक्रम सञ्चालन भइरहेको छ ।

कोभिड अस्पतालले विरामीको स्वास्थ्यपरीक्षण, उपचारका लागि जिल्ला अस्पतालमा सिफारिस, कोभिडका शङ्कास्पद विरामीको स्वाब परीक्षणका लागि सिफारिसलगायतका काम गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले जानकारी दिनुभयो ।