अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ का सबै जिल्लामा जनगणना कार्यालय स्थापना

प्रदेश १ का सबै जिल्लामा जनगणना कार्यालय स्थापना


मोरङ- प्रदेश नं १ का १४ वटै जिल्लामा जनगणना कार्यालय स्थापना भइसकेका छन् । ‘मेरो गणना मेरो सहभागिता’ नारा दिइएको राष्ट्रिय जनगणना-२०७८ १२ औँ जनगणना हो ।

विसं २०६८ बाट शुरु भएको राष्ट्रिय जनगणनाले देशको जनसङ्ख्या मात्र नभएर सबै सूचाङ्कको अभिलेख हुने र यसबाट राष्ट्रिय नीति निर्माण गर्न सरकारलाई सहज हुने भनिएको छ ।

देशभरमा ८७ जिल्लामा जनगणना कार्यालय स्थापना गरिएको छ भने मोरङमा दुई स्थान बेलबारी र विराटनगरमा जिल्ला जनगणना कार्यालय स्थापना गरिएको प्रदेश तथ्याङ्क कार्यालयका प्रमुख तीर्थराज बरालले जानकारी दिनुभयो । उहाँले मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाको अध्यक्षतामा आज बसेको जिल्ला जनगणना समिति समितिको बैठकले जनगणनाका निम्ति केन्द्रले तय गरेको हो ।

बैठकले कार्यक्रमको प्रचारप्रसार गर्ने निर्णय गर्नाका साथै आगामी वैशाख १६ देखि २२ गतेसम्म जनगणना सुपरीवेक्षकको तालीम गरी वैशाख २६ देखि जेठ १४ गतेसम्म सूचीकरणको काम गर्ने र आगामी जेठ २५ देखि असार ८ गतेसम्म गणकले घरघरमा गएर गणना गर्ने निर्णय गरिएको प्रमुख बरालले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी निरौलाले जनगणनाका लागि आवश्यक पर्ने सबै किसिमको सुरक्षाको तयारी भइसकेको बताउनुभयो । मोरङमा १५० सुपरीवेक्षक र ५९० गणक नियुक्त गरिएको प्रमुख बरालले बताउनुभयो ।