अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जुम्लामा पहिलो पटक कालोपत्रे (फोटो फिचरसहित)

जुम्लामा पहिलो पटक कालोपत्रे (फोटो फिचरसहित)


जुम्ला– कर्णालीको विकट हिमाली जिल्ला जुम्लामा पहिलो पटक सडक कालेपत्रे भएको छ ।  सडक कालेपत्रे भएछि जुम्लाबासीमा खुशीयाली छाएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका निमित्त प्रमुख लिलाबहादुर भण्डारीका अनुसार सदरमुकामा खलंगा बजारभित्रको साढे एक किलोमिटर सडक हालसालै कालोपत्रे गरिएको हो । १५ वर्ष अगाडि सडक पुगेको जुम्लामा कालोपत्रेको काम सुरुवात भएपछि जुम्लाबासीको यात्रा थप सहज हुने भएको छ । अब यहाँका सडकहरु क्रमशः पिच हुने भण्डारीले जानकारी दिनुभयो ।

जुम्लामा कालोपत्रे गर्न मौसम बाधक
हिमाली जिल्ला जुम्लामा सडक कालोपत्रे गर्नका लागि पाँच महिना मात्र काम गर्न पाइन्छ । चिसो मौसमका कारण चैत, वैशाख, जेठ, भदौ र असोज महिनामा मात्र कालोपत्रेको काम गर्न सकिन्छ । ‘पिच गर्नका लागि कम्तीमा २० डिग्री तापक्रम आवश्यक पर्दछ । सात महिना यहाँको तापक्रम २० डिग्री भन्दा कम हुन्छ,’ भण्डारीले नेपाली बहस डट कमसँग कुरा गर्दै भन्नुभयो ‘चैत–वैशाखमा पनि बिहान १० देखि अपरान्ह चार बजेसम्म मात्र पिचको काम गर्न पाइन्छ ।’ पहाड र तराईका जिल्लामा नौ महिना पिचको काम हुन्छ ।

जुम्लाको विमानस्थल २०५८ र २०६४ दुई पटक पिच गरिएको थियो ।