अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तरीमा गाई फार्ममा आगलागी, १८ गाई र दुई बाछा मरे

सप्तरीमा गाई फार्ममा आगलागी, १८ गाई र दुई बाछा मरे


सप्तरी- सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका-५ स्थित एक गाई फार्ममा आगलागी हुँदा ठूलो क्षति भएको छ । सप्तरी प्रहरीका अनुसार शुक्रबार बिहान अचानक भएको आगलागीमा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेका छन् ।

मनोज साह र दिनानाथ साहले सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका-५ को महुली पुल नजिकै सञ्चालन गरेको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गाई गोठमा ६० वटा गाई पालिएकामध्ये गाई र बाच्छासहित २० वटा जलेर मरेको अवस्थामा फेला परेको हो ।

एक्कासि भएको आगलागी गोठका कर्मचारीले देखेको र गाईको दाम्लो काट्दासमेत गाईहरू बाहिर नभागेर आगो बलेकै तिर भागेर पसेकाले निकै धेरै क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिनुभयो।

आगो बिहानै नियन्त्रणमा आएको र अहिले के–कति क्षति भयो भन्ने बारेमा क्षतिको मूल्याङ्कन गरिएको प्रहरीले जनाएको छ । यता सप्तरीमा पछिल्लो समय आगलागीका घटना बढेको छ ।