अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा मातृका खनाल नियुक्त

कर्णाली प्रदेशको मुख्य न्यायाधिवक्तामा मातृका खनाल नियुक्त


सुर्खेत- कर्णाली प्रदेशको मुख्य न्यायधिवक्तामा मातृकाप्रसाद खनाल नियुक्त भएका छन् । खनालले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनी, सभामुख राजबहादुर शाही, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतको उपस्थितिमा उच्च अदालत सुर्खेतका निमित्त मुख्य न्यायाधीश राजेश्वर तिवारीले शपथग्रहण गराउनुभयो ।

यसअघि मुख्यमन्त्री शाहीले संवैधानिक व्यवस्थाअनुसार धारा १६० को उपधारा २ बमोजिम खनाललाई मुख्य न्यायाधिवक्तामा नियुक्तिको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्नुभएको थियो । मुख्यमन्त्रीको सिफारिसको आधारमा प्रदेश प्रमुख कलौनीले मुख्य न्यायाधिवक्तामा खनाललाई नियुक्त गर्नु भएको हो ।

यसअघिका मुख्य न्यायाधिवक्ता विद्या भुषण मानन्धरको फागुन १३ गतेदेखि लागू हुने गरि राजीनामा स्वीकृत भएपछि खाली रहेको स्थानमा खनाललाई नियुक्त गरिएको हो ।