अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘हामी नयाँ ऊर्जाका साथ कमब्याक गर्नेछौं’

‘हामी नयाँ ऊर्जाका साथ कमब्याक गर्नेछौं’


फागुन २३ गते भन्दा अगाडिका गतिविधिका बारेमा एक ढंगले हेर्न सकिएला तर त्यसभन्दा पछि पनि लगातार गुटबन्दी गर्ने कुरालाई भने कदापी पनि क्षम्य मान्न सकिंदैन । क्षमा गर्नै सकिंदैन भन्ने निष्कर्षका साथ पार्टीको स्पष्ट निर्देशन अनुसार भेला नगर्नुहोस्, त्यस्तो भेला गर्न पाइँदैन भन्ने स्पष्ट निर्देशन हुँदाहुँदै पनि नेकपा एमालेकै ब्यानरमा नेकपा एमालेको राष्ट्रिय कार्यकर्ता भेला भनेर जुन ढंगको भेला गरियो त्यो असाध्यै गम्भिर र अनुसाशन विपरितको बिषय थियो ।

आन्दोलनलाई भित्रैबाट अन्तरध्वंश गर्न खोजिएका प्रयासका बारेमा र त्यो सकंटबाट आन्दोलनलाई अगाडि बढाउन हामीले गरेका पहलहरु, प्रयत्नहरु गरेका छौं । तिनलाई कमजोर गर्ने, सही विचार र सही नेतृत्वलाई विस्थापित गर्ने निकै धेरै प्रयत्नहरु भए ।

यस्तो गुटगत क्रियाकलापमा मूख्यतया जिम्मेवार रहनुभएका माधवकुमार नेपाल, भीम रावल, सरेन्द्र पाण्डे र घनश्याम भूषालसँग स्पष्टीकरण माग गरिनेछ । बाँकी साथीहरुको हकमा उहाँहरुले आफूलाई गम्भिर रुपमा आत्मसमीक्षाका साथ पार्टीमा फर्किनु हुने, पार्टीमा क्रियाशिल हुनुुहुने नेतृत्वले विश्वास पनि गरेको छ ।

आन्दोलनलाई भित्रैबाट अन्तरध्वंश गर्न खोजिएका प्रयासका बारेमा र त्यो सकंटबाट आन्दोलनलाई अगाडि बढाउन हामीले गरेका पहलहरु, प्रयत्नहरु गरेका छौं । तिनलाई कमजोर गर्ने, सही विचार र सही नेतृत्वलाई विस्थापित गर्ने निकै धेरै प्रयत्नहरु भए । तर आम जनताको साथ, नेताहरुको दृढता र कार्यकर्ताहरुको सक्रियताको बलमा सबै षड्यन्त्रहरुलाई परास्त गर्दै आन्दोलनलाई पुनर्जीवित गरेका छौं । अब आन्दोलन नयाँ ढंगले अगाडि बढ्छ । यसो गर्ने क्रममा हिजो जो–जो नेताहरु यो आन्दोलनलाई भित्रैदेखि कमजोर बनाउनका लागि गुटगत क्रियाकलापहरुमा लाग्नुभयो, विभाजनकारी गतिविधिमा लाग्नुभयो, नेतृत्वलाई विस्थापित गर्ने काममा लाग्नुभयो, आन्दोलनलाई जनताका माझमा बदनाम गर्ने, आन्दोलनप्रति अनास्था र वितृष्णा सृजना गर्ने काममा लाग्नुभयो त्यो विषयलाई पार्टीले अत्यन्त गम्भीरतापूर्वक लिएको छ । त्यसलाई गम्भीरतापूर्वक आत्मसमिक्षा गरेर आउने साथीहरुका लागि पार्टीमा स्वागत छ ।

राष्ट्रिय राजनीतिमा हामी फागुन २३ को फैसलासँगै त्यो भन्दा अगाडि संविधानको धारा ७६ को धारा १ अन्तरगत रहेको सरकार अहिले उपधारा २ मा रुपान्तरण भएको छ । हामी यही अनुसार अगाडि बढ्छौं । सरकार टिकाउनका निम्ति अनुचित सम्झौताहरु, सिद्धान्तहीन गठबन्धनहरु र जनताको भावना विपरीतका काम हामीले काम गर्ने छैनौं । कथंकदाचित हामीलाई त्यो ढंगले थप घेराबन्दी गरियो भने पनि हामी नयाँ शक्तिका साथ, नयाँ ऊर्जाका साथ पुनस्थापित हुनेछौं । कमब्याक गर्नेछौं ।
(प्रधानमन्त्री ओलीले नेकपा एमाले केन्द्रीय कमिटीको १२ औं बैठकमा दिनुभएको मन्तव्यको सार )