अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मर्स्याङ्दी नदीमा ट्रक खस्यो, एकै परिवारका तीन जनाको मृत्यु

मर्स्याङ्दी नदीमा ट्रक खस्यो, एकै परिवारका तीन जनाको मृत्यु


मनाङ- मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन जनाको ज्यान गएको छ ।

शनिबार दिउँसो साढे ३ बजे नासो गाउँपालिका-३ खोत्रोमा सिमेन्ट लोड गरेर लम्जुङबाट चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खसेको नदीमा खस्दा तीन जनाको ज्यान गएको हो ।

मृत्यु हुनेमा नासो गाउँपालिका-४ ओडार बस्ने ३५ वर्षीया मनिषा गुरूङ, ३६ वर्षीया लालकाशी गुरूङ र अन्दाजी ६/७ वर्षीय थिउन गुरूङ रहेका छन् ।

थिउन मनिषाका छोरा हुन् भने लालकाशी र थिउन दिदीबहिनी हुन् ।

दुर्घटनामा अन्य पाँच जना घाइते भएका प्रहरी नायब उपरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । घाइतेहरूको उपचारका लागि एम्बुलेन्समार्फत लमजुङ पठाइएको छ ।

उकालो चढ्नेक्रममा अनियन्त्रित हुँदै ब्याक भएर खोलामा ट्रक खसेको डिएसपी खड्काले बताउनुभयो । उहाँका अनुसार ट्रक अन्दाजी १ सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको हो ।