अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अछामको एक वडा कार्यालयमा तोडफोड

अछामको एक वडा कार्यालयमा तोडफोड


अछाम- अज्ञात समूहले अछामको एक वडा कार्यालयमा तोडफोड गरेको छ ।

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका-२ को वडा कार्यालयमा तोडफोड गरिएको हो ।

शनिबार राति कार्यालय तोडफोड गरिएको कार्यवाहक वडाध्यक्ष पदमबहादुर शाहीले जानकारी दिनुभयो ।

सो समूहले कार्यालयमा लगाइएको ताला तोडेर दराज, र्‍याक तथा घर्रामा राखिएका सामग्री फालेको भेटिएको उहाँले बताउनुभयो ।

घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।