अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूर्य थापाको प्रचण्डलाई प्रश्न, ‘केपी ओलीसँग तपाईंको कसरी तुलना हुन सक्छ ?’

सूर्य थापाको प्रचण्डलाई प्रश्न, ‘केपी ओलीसँग तपाईंको कसरी तुलना हुन सक्छ ?’


काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीविरुद्ध व्यक्त विचारप्रति एमाले नेता एवं प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले असहमति प्रकट गर्नुभएको छ । उहाँले सिधा शब्दमा भन्नुभएको छ– ‘तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ?’

…………………………
एउटा भनाइ चर्चित छ,
रिसाएको बिरालोले खाबो चिथोर्छ !
पुष्पकमल दाहालको मनोदशा क्रमशः बिथोलिएर पूर्वाग्रह र द्वेषको दलदलमा यसरी भासिएको छ कि डिप्रेसनमा फस्दै जाँदा शायद यस्तैयस्तै मनोदशा प्रकट हुने गर्छ ।

धेरै पहिले एकजना मनोविद्ले भनेको सम्झन्छु, यस्तो समस्यामा परेका मानिसहरू असफलता र निराशाको सिकार बन्दै जान्छन् र समयक्रममा आत्महत्या गर्न समेत पछि पर्दैनन् । प्रचण्डलाई सम्भवतः यही प्रकारको समस्याले ग्रस्त पारिरहेको छ कि ।

विगतमा दस वर्ष सशस्त्र आन्दोलन गरेर १७ हजार नागरिकको जीवनलीला समाप्त गर्दा, नेपालका भौतिक पूर्वाधारमा बम ब्लास्ट र आगजनी गरी बिध्वंस पारेर देशलाई ५० बर्ष पछाडि धकेल्ने कृत्य गर्दा, अनि हिंसा मच्चाउँदा उहाँलाई कसले पालितपोषित गरेर कहाँको पावनभूमिमा सुरक्षित गरेको थियो ? नोयडा, दिल्ली, सिलिगुडी, लखनउ, पटना, पञ्चाय, गोरखपुरआदि ठाउँ कहाँ पर्छन्, जहाँ उहाँले नेपालका विभिन्न नेताहरूलाई भेट्न बोलाउने गर्नुभएको थियो ? र, १२ बुँदे समझदारी कहाँ भएको थियो ?

उहाँले कसको सुरक्षा र ज्वाइँ सत्कारमा त्यहाँ जिविकोपार्जन गर्नुभएको थियो ? नेपालका विद्रोही नेता कहाँ र कसको पोल्टामा पालितपोषित र सुरक्षित थियो ९.५ वर्षसम्म ? कहाँ कस्तो कायलनामा कागज गरेर त्यस्तो सुविधा, सत्कार र सुरक्षा प्राप्त भएको थियो महाशयलाई ?

आज धेरै बकबक नगरेर ऐनामा आफ्नो अनुहार हेर्दा र राष्ट्रविरूद्ध गरेका तमाम अपराधमा पश्चाताप गर्दा बरू मानसिक शान्ति मिल्थ्यो होला कि ?

आज जनताले कसरी लिने गरेका छन् ? तपाईंको केपी शर्मा ओलीसँग तुलना हुने त कुनै पक्ष त छ ? राम्रोसँग हेक्का राखेर लज्जाबोध गर्नु श्रेयस्कर होला ।
तथ्यहीन र दुराशयपूर्ण आरोप र गालीगलोज त कसैले सुन्दैन, पत्याउँदैन र विश्वास पनि गर्दैन ।