अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो


रियो डे जेनेरियो- ब्राजिलमा कोरोना भाइरसको कारण मृत्यु हुने व्यक्तिको संख्या ३ लाख नाघेको बिहीबार जनाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६८५ पुगेको छ ।

ब्राजिलमा गत २४ घन्टामा ८९ हजार ९९२ भन्दा बढी कोरोना भाइरसका संक्रमित विरामी भेटिएका पनि सो समाचारमा जनाइएको छ । ब्राजिलका गत मंगलबार कोरोना भाइरसको प्रकोपबाट एकै दिनमा ३ हजार २५१ जनाको मृत्यु भएको थियो ।

यसअघि यही मार्चको २८ तारिखका दिन यहाँ कोरोनाबाट २ हजार ८४१ जनाको मृत्यु भएको थियो र सो संख्या नै एकै दिन सबैभन्दा बढीको मृत्यु भएको बताइएको थियो ।

ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको यहाँका अधिकारीले जानकारी दिएका हुन् । ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

पछिल्लो पटक यहाँ भाइरसका नयाँ प्रजाति पनि पाइएको र झन् ठूलो संख्यामा सङ्क्रमित भेटिन थालेको समाचारमा जनाइएको छ ।

यहाँका अस्पतालमा निकै ठूलो संख्यामा संक्रमित रहेका छन् भने पछिल्ला दिनमा आईसीयूमा रहेका नागरिकको संख्या पनि ठूलो भएको बताइएको छ ।