अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोनाबाट झापामा एक महिलाको मृत्यु

कोरोनाबाट झापामा एक महिलाको मृत्यु


झापा- कोराना भाइरस (कोभिड-१९) सङ्क्रमणबाट झापाको कनकाईमा एक महिलाको मृत्यु भएको छ ।

कनकाईका कोरोना फोकल पर्सन लक्ष्मी अधिकारीका अनुसार कनकाई नगरपालिका-३ सुरुङ्गा निवासी ४० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

केही दिनअघि भारतको झारखण्डस्थित पाकोड बस्तीमा घर भएकी आफ्नी छोरीसँग भेटघाटका क्रममा छोरीको घर आउनुभएकी ती महिला उतै बिरामी परको बताइएको छ ।

सुरूमा सामान्य रुघाखोकीको समस्या देखिएपछि भारतमै भएको उपचारपछि नेपालमा थप उपचारका लागि उनलाई विर्तामोडस्थित एक अस्पतालमा भर्ना गरीएको थियो ।

अस्पतालमा भर्ना भएलगत्तै भएको कोरोना परीक्षणबाट उनको रिपोर्ट पोजिटिभ आएको बताइएको छ ।

भेन्टिलेटरसहितको सघन उपचार कक्षमा लगातार १० दिनसम्म उपचाररत महिलाको आज बिहान अस्पतालमै मृत्यु भएको जनाइएको छ ।

मृतक महिलाको शव नेपाली सेनाले परिवारसहित आफन्तको उपस्थितिमा कनकाई घाटमा अन्त्येष्टि गरेको छ ।