अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धादिङमा आफैँले लगाएको डढेलोमा परी वृद्धको मृत्यु

धादिङमा आफैँले लगाएको डढेलोमा परी वृद्धको मृत्यु


धादिङ- नेत्रावती डबजोङ गाउँपालिकाको धाराधिरीस्थित गुइसामा आगोले जलेर एक जनाको मृत्यु भएको छ ।

बारीमा आगो लगाउने क्रममा बारी छेउको जङ्गलको आगोले जलेर नेत्रावती गाउँपालिका धाराधिरीका ६५ वर्षीय मानबहादुर तामाङ (मजरुम मम्बा) को मृत्यु भएको छिमेकी सिर्जा लामाले टेलिफोनबाट जानकारी दिनुभयो ।

आफ्नै बारीमा आगो लगाउने क्रममा आगोले जलेर उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो ।

शुक्रबार भएको घटना गाउँलेले पोलिएको अवस्थामा शनिबार मात्र मनबहादुरको शव फेला पारेका थिए ।