अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इन्डोनेसियाको एक गिर्जाघरमा आक्रमण, कम्तीमा १४ जना घाइते

इन्डोनेसियाको एक गिर्जाघरमा आक्रमण, कम्तीमा १४ जना घाइते


जकार्ता- पूर्वी इन्डोनेसियाको साउथ सुलावेसी राज्यको एक इसाई गिर्जाघरमा आत्मघाती आक्रमण भएको प्रहरीले जनाएको छ ।

इन्डोनेसिया प्रहरीले दुई जना शंकास्पद व्यक्तिले आइतबार बिहान गराएको आत्मघाती बम आक्रमणमा परेर कम्तीमा १४ जना घाइते भएका बताएको छ ।

राजधानी जकार्तामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता आर्गो युओनोले उक्त घटनामा संलग्नहरूको खोजी गर्न प्रहरीले व्यापक अनुसन्धान थालेको जानकारी दिनुभयो ।

उक्त बम आक्रमण सुलावेसी राज्यको मकासारस्थित एक गिर्जाघर बाहिर स्थानीय समय अनुसार आइतबार बिहान १०:३० बजे भएको थियो ।

मोटरसाइकलमा आएका दुई व्यक्ति गिर्जाघरभित्र प्रवेश गर्ने प्रयास गरेका थिए । तर, गिर्जाघरका सुरक्षा गार्डले उनीहरूलाई ढोका बाहिरै रोकेका थिए ।