अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अझै तीन दिन खुल्दैन काठमाडौंको आकाश

अझै तीन दिन खुल्दैन काठमाडौंको आकाश


काठमाडौं– काठमाडौं उपत्यका वरपर अझै तीन दिनसम्‍म तुवालो रहने जल तथा मौसम विज्ञान विभागले दाबी गरेको छ ।

विभागले विज्ञप्ति जारी गर्दै आगामी ३ दिनसम्‍म वायुमण्डल स्थिर अवस्थामा रहिरहने उल्लेख गर्दै विषम मौसमको अवस्थामा तत्काल सुधार नहुने बताएको छ ।

त्‍यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिए पनि तुँवालोको अवस्था भने डढेलोमा निर्भर रहने विभागको भनाइ छ ।

विभागले तुँवालोका कारण आँखा पोल्‍ने, श्वासप्रश्वासमा समस्या हुने भएकाले अत्यावश्‍यक कामबाहेक घर बाहिर ननिस्कन र निस्किनै परे मास्क लगाएर सतर्कता अपनाउन आग्रह गरेको छ ।