अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इजिप्ट र जोर्डनका विदेशमन्त्री इराकमा

इजिप्ट र जोर्डनका विदेशमन्त्री इराकमा


बग्दाद- इजिप्ट र जोर्डनका विदेशमन्त्री इराक पुग्नुभएको छ । उहाँहरू सोमबार इराक पुग्नुभएको बताइएको छ । उहाँहरूले इराकका विदेशमन्त्रीसँग छलफल गर्नुहुने छ । उहाँहरूको यो त्रिपक्षीय बैठकले यी देशका उच्चस्तरीय नेताहरुको बैठक तय गर्ने बताइएको छ ।

इराक, जोर्डन र इजिप्टका उच्चस्तरीय नेताहरूको संयुक्त बैठक हुन लागेको र सो बैठकको तयारीका लागि उहाँहरू त्यसतर्फ लाग्नुभएको तथा इराकमा रहेका यहाँका विदेशमन्त्री समेतको छलफलबाट सो बैठक तय गरिने बताइएको छ ।

सोमबार यी तीन देशका विदेशमन्त्रीहरूको इराकको राजधानी बगदादमा छलफल भएको थियो । सो छलफलबाट पछिल्लो समयमा इराकका साथै अरू क्षेत्रीय राजनीतिका विषयमा के कसरी विकसित भइरहेको छ भन्ने बारेमा पनि छलफल भएको थियो ।

सो छलफलपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँहरूले आगामी केही दिनमा नै यी तीन देशका उच्च नेताको बैठक आयोजना गर्ने बारेमा तयारी भएको बताउनुभएको थियो ।

सो त्रिपक्षीय बैठकमा तेलको पाइपलाइन, उर्जा, बिजुलीका साथै अरू आर्थिक मुद्दाहरू र क्षेत्रीय र विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा पनि छलफल भएको पनि तीन देशका विदेशमन्त्रीले आयोजना गर्नु भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभएको थियो ।