अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

घाँस काट्न निस्केका ८ जना बेपत्ता, अझै फेला परेनन्

घाँस काट्न निस्केका ८ जना बेपत्ता, अझै फेला परेनन्


बर्दिबास– महोत्तरीको भंगहा नगरपालिका–८ स्थित धर्मपुर टोलका ८ जना बालिका र किशोरी बेपत्ता भएका छन् । मंगलबार दिउँसो करिब २ बजे घाँस काट्न निस्केका उनीहरू बिहान ८ बजेसम्म समेत नफर्किएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बेपत्ता हुनेमा १८ वर्षीया अस्मिता पासवान, नगिना पासवान, १५ वर्षीया रिया पासवान, अर्चना पासवान, १३ वर्षीया ज्योति पासवान, १० वर्षीया रञ्जना पासवान, सीमा पासवान र रचना पासवान रहेका छन् ।

टोलवासीसहित आफूहरू खोजीमा जुटेको तर सम्पर्क गर्न नसकिएको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरीका डीआईजी सीपी गौतमका अनुसार बेपत्ताको खोजीका लागि जनपद, सशस्त्र र स्थानीयबासीले खटिएका छन् । ‘तर, अहिलेसम्म फेला पर्न सकेको छैन,’ उहाँको भनाइ छ ।