अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा कोरोना संक्रमितको संख्या १ एक करोड २१ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या १ एक करोड २१ लाख नाघ्यो


नयाँदिल्ली- भारतमा गत २४ घण्टामा ५३ हजार ४८० जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल संक्रमितको संख्या १ करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेको छ ।

सो अवधिमा कोरोना सङ्क्रमणबाट ३५४ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या १ लाख ६२ हजार ४६८ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

कूल सङ्क्रमितमध्ये ५ लाख ५२ हजार ५६६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १ करोड १४ लाख ३४ हजार ३०१ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान सुरू भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ३० लाखभन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ३६ लाख ७२ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ ।

मंगलबार एकै दिनमा १० लाख २२ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको जनाइएको छ ।