अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको छत्तीसगढमा माओवादीको आक्रमण : २२ सुरक्षाकर्मीको मृत्यु, ३१ जना घाइते

भारतको छत्तीसगढमा माओवादीको आक्रमण : २२ सुरक्षाकर्मीको मृत्यु, ३१ जना घाइते


छत्तीसगढ- भारतमा माओवादीको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

भारतको छत्तीसगढ प्रदेशअन्तर्गत पर्ने विजपुरमा शनिबार घटना भएको अधिकारीहृले जानकारी दिएका छन् ।

‘छत्तीसगढको सुक्मा-विजपुरमा नक्सल विद्रोहीहरूको आक्रमणमा परी कम्तीमा २२ सुरक्षाकर्मीको ज्यान गएको छ,’ स्थानीय प्रहरी प्रमुख कमलोचन कश्यपले भन्नुभयो । घटनामा परी अरू ३१ जना घाइते पनि भएको उहाँले जानकारी दिनुभयो ।

छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले घटनामा परी घाइते भएकाहरू खतरामुक्त रहेको बताउनुभयो ।

उहाँले अरू २१ जना प्रहरी सम्पर्कविहीन रहेको र उनीहरूको खोजी भइरहेको पनि पत्रकारलाई जानकारी दिनुभयो ।

केन्द्रीय गृहमन्त्री अमित शाहले फोन गरेर उद्धार तथा खोजीका बारेमा चासो राख्नु भएको पनि मुख्यमन्त्री बघेलले बताउनुभयो ।