अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बेलायतमा सोमबारदेखि लकडाउन खुकुलो

बेलायतमा सोमबारदेखि लकडाउन खुकुलो


लन्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आगामी अप्रिल १२ सोमबारदेखि बेलायतमा लाग्दै आएको लकडाउनमा केही सहज बनाइने बताउनु भएको छ ।

उहाँले भन्नुभएको छ- आगामी सोमबारदेखि अहिलेको लकडाउनको अवस्थामा परिवर्तन गरेर केही सहज बनाइने छ ।

उहाँका अनुसार लन्डनमा आगामी सोमबारदेखि होटल, रेष्टुरेन्ट, पब र बारहरू खुल्ने भएका छन् । त्यसैगरी जिमखाना, पार्कहरू, चिडियाखाना, पुस्तकालय र सामुदायिक केन्द्र पनि खुला गरिने भएको छ ।

आगामी सोमबारदेखि आवश्यकताका अरू कार्यालय र सेवा क्षेत्र पनि खुला रहने बताइएको छ । प्रधानमन्त्री जोन्सनले सोमबारबाट बेलायत सरकारले दुई किसीमको रोडम्याप बनाएर अघि बढ्ने भएको जानकारी दिनुएको हो ।

बेलायतमा कोरोना महामारीको दोस्रो वेभका साथ साथै पछिल्लो समयमा यो महामारीको नयाँ प्रजातिको संक्रमण पनि फैलिएकोले महिना दिन भन्दा लामो समयदेखि यहाँको सरकारले लकडाउन नै गरेको छ ।