अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनेरास्ववियुका तीन नेतालाई कारबाही

अनेरास्ववियुका तीन नेतालाई कारबाही


काठमाडौं- नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले तीन जना नेतालाई कारबाही गरेको छ ।

निवर्तमान सचिवहरू सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको अध्यक्ष ऐन महरले जानकारी दिनुभएको छ ।

अनेरास्ववियुले मंगलबार विज्ञप्ति निकालेर सो जानकारी दिएको हो । संगठनको हितविपरित गतिविधि गरेपछि तीन जनालाई निष्कासन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

‘उहाँहरूसँग दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारवाही गरिएको हो,’ विज्ञप्तिमा लेखिएको छ । माधव गुटमा लागेर संगठनको हितविपरित काम गरेको तीन नेतामाथि आरोप लगाइएको छ ।

माधव नेपाल गुटको अनेरास्ववियुको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह-अध्यक्ष र लामालाई महासचिव बनाएको थियो ।