अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा एकैदिन थपिए १ लाख ४५ हजार कोरोना संक्रमित

भारतमा एकैदिन थपिए १ लाख ४५ हजार कोरोना संक्रमित


नयाँ दिल्ली- भारतमा कोरोना भाइरसबाट एकैदिन झण्डै डेढ लाख सङ्क्रमित भएका छन् ।

यो संख्या कोरोनाभाइरस महामारी सुरू भएदेखि अहिलेसम्मकै सबैभन्दा ठूलो भएको स्वास्थ्य अधिकारीहरुले शनिबार जनाएका छन् ।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट एक लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका हुन् ।

यसअघि अघिल्लो एकै दिनमा एक करोड ३२ लाख पाँच हजार ९२६ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।

सरकारी अधिकारीहरुले सोही अवधिमा भारतमा देशभरी कुल ७९४ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ ।

भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या दश लाख ४६ हजार ६३१ रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

शुक्रबार मात्रै ७७ हजार ५६७ जना कोरोना भाइरस मुक्त भएका छन् भने अहिलेसम्म कोरोनाभाइरस मुक्त भएकाहरुको सङ्ख्या एक करोड १९ लाख ९० हजार ८५९ रहेको छ ।