अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

६ वर्षमा १ सय ७ गैंडा बढे

६ वर्षमा १ सय ७ गैंडा बढे


काठमाडौं– दुर्लभ वन्यजन्तु एकसिंगे गैंडाको संख्या ७ सय ५२ पुगेको छ ।

६ वर्षअघि भएको गणनाका तुलनामा यो १ सय ७ ले बढी हो । गैंडा पाइने मुख्य क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज र यस आसपासको क्षेत्रमा मात्र अघिल्लो गणनाको तुलनामा ८९ वटा गैंडा बढेको पाइएको छ । यो पटक भएको गणनामा चितवन निकुञ्ज र यस आसपासको वनमा ६ सय ९४ वटा गैंडा भेटिएको हो ।

गणनाले बर्दियामा ३८, शुक्लाफाँटामा १७ र पर्सामा ३ वटा गैंडा रहेको देखाएको छ । ६ सय ४५ वटा रहेको देखाएको सन् २०१५ को गणनामा चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा ३ वटा थियो ।