अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारीको मृत्यु

म्यान्मारमा सुरक्षाकर्मीद्वारा ८० प्रदर्शनकारीको मृत्यु


म्यान्मार- म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् ।

देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरूको मृत्यु भएको समाचारमा जनाइएको छ ।

अनुगमनमा खटिएका अधिकारकर्मीहरूले सुरक्षाकर्मीको आक्रमणमा परी ८२ जनाको मृत्यु भएको जानकारी दिएका छन् ।

मृतकहरूको शव सेनाले लिएर गएकाले मृतकको संख्या अझ बढी हुन सक्ने पनि उनीहरूले बताएका छन् ।

प्रदर्शनकारीविरुद्ध सुरक्षाकर्मीहरूले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छन् ।

म्यान्मारमा गत माघ १९ गते देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६ सयभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सत्तामा बसिरहनका लागि सेनाले दिनानुदिन हिंसाको सहायता लिएको देखिएको छ ।

सेनाले सत्ता हातमा लिएयता म्यानमारभरी विरोध प्रदर्शनहरू हुँदै आएका छन् । हालै भएको निर्वाचनको नतिजाप्रति असन्तुष्टि जनाउँदै सेनाले फेरि चुनाव गर्ने बाहनामा सत्ता कब्जा गरेको हो ।

चुनावका लागि भन्दै सेनाले देशमा एक वर्षका लागि संकटकाल घोषणा पनि गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षक र निर्वाचन अधिकारीहरूले भने निर्वाचन निश्पक्ष नै भएको दावी गरेका छन् । सेनाले नतिजा अस्विकार गरिरहेको बेला नयाँ संसदको बैठक बस्न लागेकै दिन सेनाले सत्ता कब्जा गरिएको घोषणा गर्दै नेताहरूलाई थुनामा राखेको हो ।

सेनाको कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिक निकासका लागि दबाब बढिरहेको छ ।