अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा एकैदिन थपिए २ लाख कोरोना संक्रमित

भारतमा एकैदिन थपिए २ लाख कोरोना संक्रमित


नयाँदिल्ली- भारतमा गत २४ घण्टामा २ लाखभन्दा बढी व्यक्तिमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कूल सङ्क्रमितको संख्या १ करोड ४० लाख ७४ हजारभन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।

भारतमा कोरोना भाइरस सङ्क्रमणको माहामारी सुरू भएयता एक दिनमा २ लाख भन्दा बढी संङ्क्रमित हुनु बुधबार पहिलो पटक भएको समाचारमा जनाइएको छ ।

यसअघि मङ्गलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संङ्क्रमित भएका जनाइएको थियो । कोरोना सङ्क्रमणबाट बुधबार एकैदिनमा १ हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ ।

पछिल्लो केही दिनदेखि भारतमा दैनिक १ लाखभन्दा बढी सङ्क्रमित हुँदै आएका थिए भने बुधबार एकैदिनमा २ लाखभन्दा बढी सङ्क्रमित भएका हुन् । यो तथ्याङ्कले भारतमा नयाँ सङ्क्रमितहरूको सख्या दैनिक रूपमा बढ्दै गएको देखाएको छ ।

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको सुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ५० लाखभन्दा बढी व्यक्तिहरू खोप लगाइसकेका छन् ।