अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ब्राजिलमा कोरोना : मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६० हजार नाघ्यो

ब्राजिलमा कोरोना : मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६० हजार नाघ्यो


साओ पाउलो- ब्राजिलमा २४ घण्टाको अवधिमा कोरोना सङ्क्रमणको कारण ३ हजार ४५९ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ६१ हजार ८८४ पुगेको छ ।

सोही अवधीमा ७३ हजार ५१३ थप व्यक्तिमा कोरोना भाइरसको सङक्रमण भएपछि कुल सङ्क्रमितको संख्या १ करोड ३६ लाख ७३ हजार ५०७ जना पुगेका सो मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलको साओ पाउलो शहर कोरोना भाइरसको कारण अति प्रभावित भएको छ । यहाँ कोरोना भारइसको माहामारी सुरू भएदेखि हालसम्म २६ लाख ८६ हजार ३१ जना सङ्क्रमित भएका छन् भने सङ्क्रमणबाट ८५ हजार ४७५ जनाको मृत्यु भएको छ ।

ब्राजिलमा जनवरी १७ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरू भएको थियो । सो समयबाट हालसम्म ३ करोड २१ लाख ५० हजार व्यक्ति खोप लगाएका छन् ।

ब्राजिलमा गत जनवरीदेखि कोरोना नयाँ लहर देखिएको र देशका धेरै राज्यको स्वास्थ्य सेवा प्रणालीहरूमा अधिक भार परेको जनाइएको छ ।