अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा पाँचको मृत्यु, ४१ जना घाइते

बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा पाँचको मृत्यु, ४१ जना घाइते


नेपालगञ्ज- बाँकेमा बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ ।

शुक्रबार बेलुकी भएको सो दुर्घटनामा ४१ जना घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सुर्खेतबाट काठमाडौंतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको बस र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नचढाइएको (अनटेस्ट) टिपर कोहलपुर चपरगौढी नजिकै एक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

बेलुकी ६ बजे भएको सो दुर्घटनामा परी टिपरका चालकसहित दुई जना र बसमा सवार तीन जना गरी पाँच जनाको मृत्यु भएको

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रविन्द्र खनालले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरूलाई अस्पताल पुर्‍याउने र मृतकहरूको सनाखत गर्ने काम भइरहेको छ ।

कोहलपुर चप्पर गौडीस्थित नेपाली सेनाको चेकपोष्टदेखी करिब एक किलोमिटर पूर्व जंगलमा उक्त दुर्घटना भएको जनाउँदै डिएसपी खनालले घाइतेहरूमध्ये सात जना गम्भीर १४ जना मध्यम र २० जना सामान्य रहेको बताउनुभयो ।