अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा २४ घण्टामा थपिए २ लाख ६१ हजार कोरोना संक्रमित

भारतमा २४ घण्टामा थपिए २ लाख ६१ हजार कोरोना संक्रमित


नयाँदिल्ली- भारतमा गत २४ घण्टामा २लाख ६१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कूल संया १ करोड ४७ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा १ हजार ५०१ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुने १ लाख ७७ हजार १५० पुगेको छ ।

थपिएका सङ्क्रमितमध्ये सबैभन्दा बढी महाराष्ट्रका ६७ हजार १२३ जना छन् । उत्तरप्रदेशमा २७ हजार ३३४, नयाँ दिल्लीमा २४ हजार ३७५, कर्नाटकामा १७ हजार ४८९ र छत्तीसगढमा १६ हजार ८३ छन् ।

मृत्यु हुनेमा सबैभन्दा बढी महाराष्ट्रका ४१९, नयाँ दिल्लीका १६७ जना छन् ।