अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको नासिकमा ट्याङ्करबाट अक्सिजन चुहिँदा २२ बिरामीको मृत्यु

भारतको नासिकमा ट्याङ्करबाट अक्सिजन चुहिँदा २२ बिरामीको मृत्यु


मुम्बई- भारतको महाराष्ट्र राज्यको नासिकस्थित एउटा अस्पतालमा अक्सिजन भण्डारण गरिएको ट्याङ्कीबाट अक्सिजन चुहिएर भएको दुर्घटनामा कम्तीमा २२ जना व्यक्तिको मृत्यु भएको छ ।

उक्त अस्पतालमा १५० जना बिरामी भएको र तीमध्ये २३ जनालाई भेन्टिलेटरमा राखिएको थियो ।

भारतीय समाचारसंस्था एएनआईका अनुसार नासिकस्थित डाक्टर जाकिर हुसैन अस्पतालमा ट्याङ्करबाट अक्सिजन भर्ने क्रममा उक्त घातक दुर्घटना भएको हो ।

अक्सिजन चुहिएकाले अस्पतालमा आधा घण्टासम्म अक्सिजनको आपूर्ति अवरुद्ध भएको थियो ।

‘प्रावधिकहरूको सहयोगमा चुहावट बन्द गरिसकिएको छ। तर अस्पतालमा अब २५ प्रतिशत मात्र अक्सिजन बाँकी छ,’ नासिक नगर निगमका आयुक्त कैलाश जाधव भन्नुभयो ।

उहाँले घटनाको अनुसन्धान हुने र दोषीलाई कारबाही गरिने बताउनुभयो ।