अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आज कम्युनिष्ट पार्टीको स्थापना दिवस

आज कम्युनिष्ट पार्टीको स्थापना दिवस


काठमाडौं । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ७२ औँ स्थापना दिवस । देश भर विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाईँदै छ ।

२००६ साल वैशाख ९ गते अर्थात् आजकै दिन भारतको कोलकातामा पुष्पलाल श्रेष्ठ, निरन्जन गोविन्द बैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी श्रेष्ठको पहलमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको हो ।

कोलकाताको एउटा कोठाबाट सुरु भएको नेपालको कम्युनिष्ट पार्टी ७२ वर्षमा आइपुग्दा देशको सबैभन्दा ठूलो शक्ति बनेको छ । विभिन्न टुटफुट विभाजन पार गर्दै देशकै सबैभन्दा ठूलो र संसद्मा झण्डै दुईतिहाईको अवस्थामा पुगेको नेकपामा फेरि विभिजनको प्रयास भइरहेको छ ।

अहिले नेपालमा करिब एक दर्जन कम्युनिष्ट पार्टीहरु छन् ।