अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नयाँदिल्ली एकैदिन थपिए २४ हजार संक्रमित

नयाँदिल्ली एकैदिन थपिए २४ हजार संक्रमित


नयाँदिल्ली- भारतको केन्द्रीय राजधानी दिल्लीमा कोरोना भाइरसबाट एकै दिन अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार दिल्लीमा एक दिनमा २४ हजार १०३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका हुन् ।

त्यसैगरी, दिल्ली राज्यमा पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन् । दिल्लीमा अहिले पनि ९३ हजार ८० सङ्क्रमित अवस्थामै रहेका छन् ।

यो सङ्ख्या पनि अहिलेसम्मकै सवैभन्दा धेरै रहेको बताइएको छ । दिल्लीको स्वास्थ्य विभागले सङ्क्रमित र मृतकको सङ्ख्या दिनप्रतिदिन बढ्दै गइरहेको जानकारी दिएको छ । पछिल्लो विवरण अनुसार दिल्लीमा मात्रै अहिलेसम्म १० लाख चार हजार ७८२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

कोरोनाका कारण दिल्लीमा मात्रै मृत्यु भएकाहरूको सङ्ख्या अहिलेसम्म १३ हजार ८९८ पुगेको दिल्लीको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाभाइरसको परीक्षण गराएका मध्ये ३२.२७ प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । ती मध्ये १.३८ प्रतिशतको त मृत्यु नै हुने गरेको छ ।

भारतमा देशभरि भने अहिलेप नि २५ लाख ५२ हजार ९४० जना सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

सरकारी अधिकारीले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका थिए ।