बुटवल- कोरोना संक्रमित बढ्दै गएपछि लुम्बिनी प्रदेश सरकारले विकास बजेट कटौती गरेर कोरानाको उपचारमा लगाउने भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार कोरोना संक्रमितको उपचार थप प्रभावकारी बनाउन १ करोड ६५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
केसीले बुटवल, दाङ र बाँकेस्थित कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले १ करोड ५० लाख रकम छुट्याइएको छ । यसैगरी, भैरवहास्थित भीम अस्पताललाई २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो ।
कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ उपलब्ध गराउने प्रदेश सरकारले निर्णय गरेको छ ।
प्रतिक्रिया