अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकी प्रदेशमा आज ३ सय ८ जनामा कोरोना पुष्टि

गण्डकी प्रदेशमा आज ३ सय ८ जनामा कोरोना पुष्टि


पोखरा- गण्डकी प्रदेशमा आज ३ सय ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ र योसँगै गण्डकीमा संक्रमितहरुको कूल सङ्ख्या १८ हजार २ सय ५९ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका निर्देशक एवं गण्डकी कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार थपिएकाहरूमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिकामा तीन जना, कावासोती नगरपालिकामा तीन जना र मध्यविन्दु नगरपालिकामा एक गरी सात जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

यस्तै, अर्को विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिका, मादी गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका र रुपा गाउँपालिकाका विभिन्न वडाका एक सय २१ जनामा, गोरखाको गोरखा नगरपालिका, भिमसेन गाउँपालिका र पालुङटार नगरपालिकाका विभिन्न वडाका ४६ जनामा, बागलुङको बागलुङ नगरपालिकाका विभिन्न वडाका १४ जनामा, स्याङ्जाको वालिङ नगरपालिकाका एक जनामा, चापाकोट गाउँपालिकाका एक जनामा, गल्याङ नगरपालिकाका एक जनामा, पुतलीबजार नगरपालिकाका एक जनामा र आँधिखोला गाउँपालिकाका चार जनामा गरी कुल जनामा सङ्क्रमणको पुष्टि भएको छ ।

यस्तै, तनहुँको व्यास नगरपालिकाका दुई जनामा र भिमाद नगरपालिकाका चार गरी छ जनामा, पर्वतको जलजला गाउँपालिकाका एक जनामा र कुस्मा नगरपालिकाका तीन जनामा गरी चार जनामा सङ्क्रमण रहेको पाइएको छ । म्याग्दीको बेनी नगरपालिकाको विभिन्न वडाका १० जनामा र मुस्ताङको घरपझोङ गाउँपालिकाका एक जनामा पनि सङ्क्रमणको पुष्टि भएको छ ।

निर्देशनालयको चौथो विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिकाका ५२ जनामा, बागलुङको बागलुङ नगरपालिका र निसीखोला गाउँपालिकाका तीन जनामा, स्याङ्जाको पुतलीबजार नगरपालिका र चापाकोट गाउँपालिकाका तीन जनामा, पर्वतको मोदी गाउँपालिकाका एक जनामा, तनहुँको घिरिङ गाउँपालिकाका एक जनामा र म्याग्दीको बेनी नगरपालिकाका एक जनामा पनि सङ्क्रमण रहेको जानकारी दिइएको छ ।

पाँचौँ विज्ञप्तिमा स्याङ्जाको वालिङ नगरपालिकाका मात्रै २१ जनामा सङ्क्रमणको पुष्टि भएको जानकारी दिइएको छ ।