अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना महामारीको सचेतनाबारे चौकुनेका अध्यक्ष गजबको शैली (भिडियोसहित)

कोरोना महामारीको सचेतनाबारे चौकुनेका अध्यक्ष गजबको शैली (भिडियोसहित)


सुर्खेत- चौकुुने गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीले कोरोनाबारे पालिकाबासीहरूलाई जनचेतना जगाउन नयाँ जुक्ति निकाल्नु भएको छ ।

अध्यक्ष शाहीले माइकिङ गर्दै कोरोनाले उत्पन्न गर्ने त्रास, यसबाट जोगिने उपाय र स्वाब परीक्षणको खबर गाउँलेहरूलाई खबर गर्नु भएको हो ।

अध्यक्ष शाही गाउँलेहरूलाई भन्नुहुन्छ ‘आदरणीय आमाबुबा तथा दाजुभाइ दिदीबहिनीहरू कोरोनाले आज सबैलाई आक्रान्त बनाइरहेको छ । सबैलाई त्राहीत्राही बनाइरहेको छ । यसबाट बच्नका लागि सावधानीका उपायहरू अवलम्बन गर्नका लागि चौकुने गाउँपालिका यहाँहरूसँग हार्दिक अनुरोध गर्दछ ।’

कोरोना भाइरस (कोभिड-१९)बाट बच्नका लागि उहाँले माइकिङ गरेर यस्तो गाउँलेहरूलाई सुझाव दिनुभएको छ, ‘साबुन पानीले मिची मिची हात धुनु पर्दछ । सामाजिक दूरी कायम गर्नुपर्छ । माक्स, स्यानिटाइजरको प्रयोग गर्नुपर्छ । भिडभाडमा जाने कुरा बन्द गर्नु पर्दछ । आफ्ना बालबालिकालाई छरछिमेकमा जान दिनु हुँदैन ।’
भारतबाट आएका गाउँबासीहरूलाई पनि के कस्तो सचेतता अपनाउने भनेर उहाँले सुझाव दिनुभएको छ ।

‘इण्डियाबाट आएका आदरणीय आमाबुबा तथा दाजुभाइ दिदीबहिनीहरू ! कम्तीमा पनि १० दिनका लागि होम क्वारेन्टाइनमा बसौँ । छरछिमेकमा नजाँउ भन्ने कुराको अनुरोध चौकुने गाउँपालिका गर्न चाहन्छ ।’

आज पालिकाको वडा नं ७ मा आज स्वाब संकलन गर्ने कार्यक्रम थियो । कोरोनासँग सम्बन्धित लक्षण देखिएका गाउँलेहरूलाई अध्यक्ष शाहीले स्वाब दिन आमन्त्रण गर्नुभएको छ, ‘दिउँसो ठीक ३ बजे जुम्ल्यामूल स्कूलमा कोरोना भाइरसको परीक्षण हुन गइरहेको छ ।’
कस्ता मान्छेले स्वाब परीक्षण गर्न जाने भनेर पनि अध्यक्ष शाहीले गाउँलेहरुलाई यसरी जानकारी दिनुभएको छ,

‘यहाँहरूको घर तथा छरछिमेकमा कोही कसैलाई रुघाखोकी लागेको छ भने ज्वरो आएको छ भने स्वास फेर्न गारो भएको छ भने आज दिउँसो ठीक ३ बजे जुम्ल्यामूल स्कूलमा गइ कोरोना परीक्षण गरौँ र आफूलाई पनि बचाऔं अरूलाई पनि बचाऔं भन्ने कुरा अनुरोध चौकुने गाउँपालिका अनुरोध गर्दछ ।’

तस्बिर/भिडियो : नन्दु खनाल